| शुक्रबार, बैशाख ७, २०८१

प्राध्यापकहरुले नै लगाएर क्याम्पस प्रमुखको कार्यकक्षमा ताला

गोरखा क्याम्पसमा आंसिक रुपमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

आंसिकबाट करार गर्न माग गर्दै आंशिक प्राध्यापक संघ गोरखा क्याम्पस इकाई समितिले तालाबन्दी गरेका समिति उपाध्यक्ष मेनुका सुवेदीले बताईन । ‘समान कामको समान ज्याला’ भन्ने एक सुत्रिय माग उनीहरुको छ ।

गोरखा क्याम्पसमा रहेका २३ जना आंशिक प्राध्यापक उक्त आन्दोलनमा सहभागी छन् । यस अघि धर्ना बसेर आन्दोलन गर्दै आएका आंसिक प्राध्यापकहरुको माग सुनुवाई नभएपछि तालाबन्दी गर्नुपरेको उनले बताईन ।

सोमवार लेखा शाखामा तालाबन्दी गर्ने कार्यक्रम रहेको छ । लामो समयदेखि आन्दोलन गर्दै आएको र अहिले सम्म माग सुनुवाई नभएको गुनासो आंशिक प्राध्यापकहरुको छ ।

प्रतिक्रिया दिनुहोस्