| शनिबार, बैशाख ८, २०८१

लाप्राक थलेकङका माहिला गुरुङको घरमा आगलागी

धार्चे गाउँपालिका ४ लाप्राकका एक स्थानीय घरमा आगलागी हुँदा सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ ।

बुधबार दिउसो साँढे एक बजेतिर थलेकङका माहिला गुरुङको घर आगलागीबाट जलेर नष्ट भएको स्थानीय मार्सिङ गुरुङले जानकारी दिए ।

‘त्यस्तै साँढे एकबजेतिर आगलागी भएको हो । थाहा पाउनासाथ सबै गाउँले जम्मा भएर निभाउन कोशिष गरेको हो तर जोगाउन सकिएन’, उनले भने, ‘सँगै रहेका तीन दाजुभाइका घर भने जोगाउन सकियो ।’

भूकम्पपछि निर्माण भएको नयाँ घर, त्यसभित्र रहेको नगद तथा जिन्सी सम्पत्ति लुगाकपडा, गहना, भाँडाकुँडा जलेर नष्ट भएको उनले बताए ।
घटना स्थलमा प्रहरी पुगेको थियो । आगलागीबाट चल, अचल सम्पत्ति गरी १० देखि १५ लाख भन्दा बढि क्षति भएको हुनसक्ने उनले बताए ।

तस्वीर : किरण गुरुङको फेसबुक

प्रतिक्रिया दिनुहोस्