| शनिबार, बैशाख ८, २०८१

विद्यालय, क्याम्पस, पार्लर, सैलुन र जिमखाना नखोल्न गोरखा प्रशासनको निर्देशन

गोरखा सदरमुकामलगायत आसपमास विद्यालय, क्याम्पस, सैलुन, ब्यूटीपार्लर, जिमखाना सञ्चालन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

बुधवार जिल्लामा बसेको कोरोना नियन्त्रण र ब्यवस्थापनका लागि गठित कमाण्ड पोष्टको बैठकले ती ब्यवशाय तत्कालका लागि पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको हो ।

सार्वजनिक यातायात सञ्चालन गर्दा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्न समेत बैठकले यातायात ब्यवशायीलाई अनुरोध गरेको छ ।

पछिल्लो समय देशभर र गोरखामा पनि कोरोनाको जोखिम बढेकाले कन्ट्याक टे«सिङलाई स्वास्थ्य कार्यालयको समन्वयमा चेकजाँचमा जोड दिने, संक्रमितको उपचार गोरखा अस्पतालमा गर्ने निर्णय भएको छ ।

बैठकले मझुवा देउराली, आरुघाट, बेनिघाट र तुरतुरे नाका भएर गोरखा प्रवेश गर्नेहलाई चेकजाँचमा कडाई गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्