| शनिबार, बैशाख ८, २०८१

गोरेटो गोरखाद्वारा गोरखा नगरपालिकालाई राहत सामग्री प्रदान

कोरोनालगायतका बिभिन्न बिपत जोखिम न्यूनिकरण गर्न गोरेटो गोरखाले गोरखा नगरपालिका कार्यालयलाई सहयोगी सामाग्री प्रदान गरेको छ ।

कोरोना, बाढीपहिरो, अन्य रोगको महामारी ब्यबस्थापन गर्न सहज होस् भन्ने उद्देश्यले सरसफाइका सामग्री, त्रिपाल, डोरीलगायतका सामग्री प्रदान गरिएको गोरेटो गोरखाका कार्यबाहक अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।

मनकामना बहिरा आवासिय विद्यालयको क्वारेनटाइनमा बसेकाहरुलाई आधारभुत सरसफाइका सामाग्री ५० थान, बाढी पहिरोको जोखिम र भइपरी आउने घटनामा उद्धार एवं राहतका लागि ५ बण्डल त्रिपाल, डोरी लगायतका विपत ब्यवस्थापनका सामाग्री सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक पवनरवण खनालले बताए ।

सो सामाग्री संस्थाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले नगरप्रमुख राजनराज पन्तलाई मंगलबार नगरपालिकाको कार्यालयमा हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्