| बिहिबार, साउन २२, २०७७

पत्रकार महासंघको साझेदारीमा सञ्चार सामग्री बितरण

नेपाल पत्रकार महासंघ गोरखा शाखा र जिल्लामा क्रियाशिल पत्रकारहरुको साँझेदारीमा संचार सामग्री बितरण गरिएको छ ।

जिल्ला शाखामा आवद्ध क्रियाशिल पत्रकारहरुको क्षमता अभिवृद्धी गर्दै कोभिड(१९ को प्रभावका बेला सुरक्षित भएर काम गर्ने बातावरण सिर्जना गर्न सहकार्यमा सञ्चार सामग्री बितरण गरिएको जिल्ला अध्यक्ष किशोरजंग थापाले बताए ।

‘ल्याप्टप, क्यामेरा जे आवस्यक परेको छ पत्रकारले ५० प्रतिशत र महासंघले ५० प्रतिशत ब्यहोर्ने गरी सहकार्यमा सामग्री बितरण गरिएको हो’ उनले भने ।

पत्रकार महासंघले जिल्लाका सबै स्थानीय तह सँग सहकार्य गरेर क्षमता अभिवृद्धीका कार्यक्रम संचालन गरिरहेको उनले बताए । यो वर्ष गोरखा नगरपालिकाले पाँच लाख महासंघलाई बिनियोजन गरेको, अन्य पालिकाहरुले केन्द्रिय समिति बैठक र पर्यटन संग संम्बन्धित कार्यक्रमका लागि २५ देखि ३५ हजार सहयोग गरेको अध्यक्ष थापाले बताए । ‘नराम्रो काममा खबरदारी र राम्रो काममा सहकार्य सँधै हुनेछ’ अध्यक्ष थापाले भने ।

क्षमता अभिवृद्धि कार्यक्रमको पहिलो चरणमा १६ जना पत्रकारलाई संचार सामग्री दिने निणर्य महासंघले गरेको हो । ‘यो कार्यक्रम निरन्तर चलिरहन्छन्, क्रियाशिल रहेर जिल्लामा काम गरि रहेकाहरुलाई समेट्दै जानेछौँ’ उनले भने । पत्रकार महासंघलाई प्राप्त भएको सहयोगको सहि सदुपयोग गर्ने र पत्रकारहरुको क्षमता अिभवृद्धी गर्ने दायित्व नगरपालिकाको रहेको अध्यक्ष थापाले बताए ।

‘पत्रकारहरुको छाता संस्था र जनप्रतिनिधीको मान मर्दन हुने गरी पत्रकारको पेशागत मर्यादा बिपरित भएको अनर्गल प्रचार प्रति जिल्ला शाखाको गम्भिर ध्याकर्षण भएको छ’ अध्यक्ष थापाद्वारा मंगलवार जारी बिज्ञप्तीमा भनिएको छ । अनर्गल प्रचारबाट प्रभावित नभई दबाव र प्रभावमा नपरी बिकृती बिसंगती बिरुद्ध निरन्तर खबरदारी गर्न सबै सदस्यलाई अनुरोध गरिएको छ ।

पत्रकारितको मूल्य मान्यता बिपरित भएको कामलाई प्रश्रय नदिन महासंघले स्थानीय तह, संघ संस्था, सरकारी तथा गैरसरकारी निकायलाई पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्