| शनिबार, बैशाख ८, २०८१

नाम्रुङ, लार्के सडक पनि सेनालाई देऊ

हालै नेपाली सेनाले बेनिघाट, आरुघाट लार्के सडकको हावाडाँडा खण्डबाट ३१ किलोमिटर टूयाक खनेर घट्टेखोलासम्म पुर्याएको छ । अब आउँदो हिउँदमा घट्टेखोलासम्म सवारी साधन पुग्ने सम्भावना प्रबल छ ।

सोही सडकको नाम्रुङदेखि लार्केभञ्ज्याङसम्म सडक निर्माण गर्ने जिम्मा प्रदेश सरकारले लिएको छ ।

लगातार तीनबर्ष भयो, सो सडकका लागि बजेट बिनियोजन गरेको, परन्तु अहिलेसम्म काम सुरु हुन सकेको छैन । पहिलो बर्ष चार करोड बिनियोजन भएको थियो, खासै केही काम भएन । दोस्रो बर्ष दुई करोड बिनियोजन भयो, जसबाट रुईभञ्ज्याङदेखि नाम्रुङसम्म सर्भे भयो, डिपिआर तयार भयो ।

तेस्रो बर्ष पनि दुई करोड बिनियोजन भयो, तर इआइए नभएको भन्दै केही पनि काम गर्न सकेन । आउँदो आर्थिक बर्षका लागि पनि बजेट बिनियोजन भएको छ ।

ठेकेदारलाई जिम्मा दियो भने सोचे अनुसार काम गर्न नसकिने रहेछ भन्ने ताजा उदाहरण छेकम्पार सडकमा देख्न सकिन्छ । त्यहाँ २०६९ सालदेखि निर्माण सुरु गरिएको सडकको टूयाक खन्ने काम अहिले करिब आठ बर्ष बित्दा पनि झारा टार्ने काम भएको छ । न म्हु गुम्बाट माथि जान सकेको छ, न, छेकम्पारबाट तल झर्न सकेको छ ।

त्यसैले स्थानीयबासी भन्छन्, छेकम्पार सडक निर्माणको काम पनि सेनालाई जिम्मा देऊ । यस्तो अबस्थामा सेनाले सुरु गरिरहेको बेनिघाट, आरुघाट, लार्के सडकको नाम्रुङ, लार्के खण्ड प्रदेश सरकारले गर्यो भने यही गतिमा काम हुनेछ । फलस्वरुप स्थानीयका सपना पूरा हुन सक्दैन । त्यसैले सो सडक निर्माणको जिम्मा पनि सेनालाई नै दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्