| बिहिबार, साउन २२, २०७७

मंगलबार एकैदिन २५ जना कोरोना संक्रमित डिस्चार्ज, अब गोरखामा १२ जना मात्र आइसोलेसनमा

 

एक सय जनामा कोरोना संक्रमण देखिएको गोरखामा अब जम्मा १२ जना मात्र निको हुन बाँकी रहेका छन् । यी बाहेक एक जना संक्रमितको मृत्यू भएको छ भने ८७ जना कोरोना जितेर घर फर्किएका छन् ।

‘गोरखा अस्पतालमा दुई महिला र एक पुरुष गरी तीन जना मात्रै हुनुहुन्छ’ अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले भने । आइसोलेसन सेन्टर गोरखा क्याम्पसमा ९ जना उपचारत छन् ।

 

२१ जना पुरुष र चार जना महिला गरि २५ जनालाई मंगलवार डिस्चार्ज गरिएको स्वास्थ्यकर्मी निश्चल अर्यालले बताए ।

भिमसेन थापा गाउँपालिकाका १७ जना, पालुङटार नगरपालिकाका दुई जना, शहिलखन गाउँपालिकाका तीन, सिरानचोकका दुई, र बारपाक सुलिकोट गाउँपालिकाका १ जना मंगलवार घर फर्किएका हुन् ।

दुई पटक सम्म परिक्षण गर्दा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई घर पठाइएको उनले बताए । भिमसेन थापा, सिरानचोक, पालुङटार र गोरखा नगरपालिकाका नौ जना आइसोलेसनमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्