| बिहिबार, साउन २२, २०७७

रोटरी क्लब अफ बज्र मनासलुको पाँचौ पदस्थापन कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ बज्र मनासलु गोरखाको पाँचौ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । रोटरी बर्ष २०२०-२१ का लागि बिष्णु राना मगरलाई रोटरी बर्ष २०१९-२० का अध्यक्ष रुस बाबु जोशीले पदभार हस्तान्तरण गरेका थिए ।

शनिबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर राजीव पोखरेलले अध्यक्ष रानालाई पदस्थापन गरी रोटरीको सपथ गराएका थिए । साथै अध्यक्ष रानाले नयाँ कार्यसमितिलाई सपथ गराएका थिए ।

पदस्थापन कार्यक्रमको अवसर पारेर क्लबमा आबद्ध भएका छ जना नयाँ सदस्यहरुको मेम्बरसीप ग्रोथ डाईरेक्टर भोलाप्रसाद मरहट्टाले परिचय गराएका थिए भने असिस्टेन्ट गभर्नर इविन्द्र तिवारीले नयाँ सदस्यहरुलाई परिचय गराएका थिए ।

कार्यक्रममा क्लबले आफ्नो वेवसाईट www.rcbajramanasalu.comको पनि शुभारम्भ गरेको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष जोशीले आफ्नो कार्यकालमा सम्पन्न भएका कार्यक्रमको बारेमा जानकारी गराएका थिए । अध्यक्ष रानाले आफ्नो कार्यकालका भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर, अतिथिहरु असिष्टेन्ट गभर्नर तिवारी, रोटरी क्लब अफ गोरखाका अध्यक्ष काशीनाथ अम्गाई, पवनरमण खनाल, संस्थापक अध्यक्ष भाईचन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष बाबुराम श्रेष्ठ, प्रेसिडेन्ट ईलेक्ट कृष्णमान श्रेष्ठ (ईश्वर), उपाध्यक्ष नोखबहादुर बोगटी (अमृत) लगायतले आफ्ना भनाई राखेका थिए ।

यसैबीच रोट्रयाक्ट क्लब अफ बज्र मनासलु गोरखाको पनि चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०१९-२० का अध्यक्ष अनुषा श्रेष्ठले बर्तमान अध्यक्ष चिजकुमार श्रेष्ठलाई आफ्नो पदभार हस्तान्तरण गरेको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए भने हालको अध्यक्ष श्रेष्ठले कोभिड १९ को संक्रमणकालीन अवस्थामा पनि आफुले सक्दो क्लबलाई अगाडि बढाउने अठोट गरेका थिए ।

सोही अवसरमा रोट्रयाक्ट क्लबमा पनि ६ जना नयाँ सदस्यहरु थपिएको छ । रोट्रयाक्ट क्लब अफ बज्र मनासलु गोरखाका संस्थापक अध्यक्ष सानुकाजी श्रेष्ठले नयाँ अध्यक्षलाई र अध्यक्षले कार्यसमिति सदस्यलाई सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्