| बिहिबार, साउन २२, २०७७

दारी ग्याङद्वारा क्यान्सर पीडितलाई एकलाख प्रदान

दारी ग्याङ गोरखाले क्यान्सर पीडित उसरबानी खातुनको उपचारका लागि आर्थिक सहयोग जुटाएका छन् ।
पित्तथैलीको क्यान्सरबाट पीडित खातुनको उपचारका लागि दारी ग्याङले फेसबुकबाट आर्थिक सहायता जुटाएको हो ।
पहिलो चरणमा जुटेको एकलाख आठसय ५९ रुपैयाँ शनिबार पीडितका श्रीमान इशा मियाँलाई प्रदान गरिएको दारी ग्याङ गोरखाका सुवास अधिकारीले जानकारी दिए ।
खातुनको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण उपचारमा समस्या देखिएका कारण फेसबुकबाट आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको दारी ग्याङ गोरखाले जनाएको छ ।
खातुनको परिबार बिगत १५ बर्षदेखि गोरखाको नयाँबजारमा सिलाइबुनाइ गरेर जीविका चलाइरहेका छन् ।
खातुनको उपचारका लागि हालसम्म तीनलाख १३ हजार ६८० रुपैयाँ संकलन भईसकेको अर्की अभियन्ता कल्पना श्रेष्ठले बताइन् ।
तस्वीर : सुमन कार्कीको फेसबुकबाट
प्रतिक्रिया दिनुहोस्