| बिहिबार, बैशाख १३, २०८१

आइपिओमा साधनाद्वारा रेकर्डब्रेक

दरौँदी समाचारदाताः साधना लघुवित्तले निष्काशन गरेको आईपिओले रेकर्ड ब्रेक गरेको छ । कम्पनीको आईपिओमा चारलाख ५५ हजार सातसय २७ जनाले आवेदन दिएर अहिलेसम्मको रेडकब्रेक गरेको हो । आईपिओमा धेरै लगानीकर्ताको आवेदन परेको नेपालमा नै यो पहिलो रेकर्ड हो ।

वित्तीय संस्थाकाअनुसार आवेदन दिने अन्तिम दिन बुधबार साँझ पाँच बजेसम्ममा चार लाख ५५ हजार सात सय २७ जनाले एक करोड ११ लाख ८७ हजार नौसय ६० कित्ता आवेदन दिएका छन् । यो माग गरिएको भन्दा १६.९१ गुणा बढि हो ।

कम्पनीको आईपिओ गोला प्रथावाट ६६ हजार १ सय ५२ जनाले मात्र पाउने भएकाले आवेदन दिएकामध्ये तीन लाख ८९ हजार बढि आवेदक हात खालि हुने छन् । कम्पनीले असार २१ गतेदेखि सातकरोड सात लाख ८० हजार रुपैंया बराबरको सात लाख सातहजार आठसय कित्ता आईपिओ निष्काशन गरेको हो । जसमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार तीनसय ९० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।

बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आईपिओको बिक्रीपश्चात् कम्पनीको चुक्तापूँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । कम्पनीले आईपिओ निष्काशनपछि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्