| शुक्रबार, जेष्ठ २३, २०७७

कदम नेपालद्वारा भिमसेन थापा गाउँपालिकाका सबै स्वास्थ्य संस्थालाई सामग्री प्रदान

गोरखाको भिमसेन थापा गाउँपालिकालाई कदम नेपाल नामक गैरसरकारी संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकामा आज आयोजित एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष चित्रकुमार श्रेष्ठले गाउँपालिका अध्यक्ष इश्वर पाण्डेलाई सामग्री हस्तान्तरण गरेका हुन् । उक्त सामग्रीहरु आज नै गाउँपालिका भित्रका छ वटा स्वास्थ्य चौकी र तीनवटा स्वास्थ्य ईकाईमा पठाइएको अध्यक्ष पाण्डेले बताए ।


सेनिटाईजर एक सय २७ थान, पिपिई २७ थान, ग्लोब्स १० प्याकेट, हेड क्याप २ प्याक, एन ९५ मास्क ३६ थान, बुट कभर एक सय थान संस्थाबाट उपलब्ध भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । स्वास्थ्य संस्थाका प्रमुखहरुलाई बोलाएर उक्त सामग्री आज नै पठाइएको र केही बाँकी गाउँपालिकाको स्वास्थ्य शाखामा मौजाद रहने र आवस्यक भएको ठाउँमा पठाउने उनले बताए । कोभिड १९ को रोकथाम र न्यूनिकरणका लागि गाउँपालिका भित्रका सर्वसाधारणको सहज उपचार गर्न गराउन सहयोग पु¥याउने उद्देश्यले स्वास्थ्य सामग्री बितरण गरिएको कदम नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्