| शनिबार, बैशाख ८, २०८१

४६ जना विदेशी पर्यटकलाई फिर्ता पठाइयो

जिल्ला प्रशासन कार्यालय गोरखाले ४६ जना विदेशी पर्यटकलाई फिर्ता पठाएको छ ।

लकडाउनका बेला गोरखाको मनास्लु क्षेत्र भ्रमणमा रहेका ४६ जना विदेशी पर्यटकलाई फिर्ता पठाएको कार्यालयले जनाएको छ ।

‘चैत १० गतेदेखि १८ गतेसम्मको अवधिमा ४६ जना विदेशी पर्यटकलाई फिर्ता ग¥यौं’, कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले भने, ‘११ जनालाई हेलिकोप्टरबाट, बाँकी ३५ जनालाई गाडीबाट पठाएका हौं ।’

अस्टे«ेलियाका चार, अमेरिकाका तीन, बेलायतका चार, बेल्जियमका दुई, क्यानडाका तीन, जर्मनीका छ जनालाई उद्धार गरी पठाएको उनले बताए । त्यस्तै कोरियाका तीन, अर्जेन्टिनाका पाँच, फ्रान्सका एक, डेनमार्कका तीन, इटलीका एक, इजराइलका दुई, स्पेनका दुई र अन्य(एशियन) सात नागरिकलाई फिर्ता पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्