| बुधबार, चैत्र २६, २०७६

पिउनेपानी सुरक्षाका लागि वर्षेनी एक लाख दिने घोषणा

गोरखा नगरपालिका वडा नम्बर ९ को टक्सारथानी गैरीछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई स्थानीय उत्तमजंग थापाले वार्षिक एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
खानेपानी सुरक्षा कोष स्थापनाका लागि उक्त रकम हरेक वर्ष सहयोग गर्ने घोषणा गरेको थापाले बताए । संस्थाका सल्हाकार रोलकबहादुर थापाका कान्छा छोरा उत्तमजंगले मुहान देखि जनताको घरघरमा आउँदा सम्म सुद्ध पानी प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले सहयोग गर्ने प्रतिवद्धता जनाएको उपभोक्ता समितिका सचिव सुजन कुँवरले बताए ।
संस्थाका लागि उत्तमका बुवा रोलबहादुरकले गोनपा ९ चिसापानीमा रहेको ६ आना जग्गा समेत दान गरेका थिए । उक्त आयोजना निर्माण पुरा भएपछि गोनपा ९ र १० को टक्सार, सिर्दी, चैनपुर, साद्दोबाटो, नौबिसे लगायत ठाउँका दुई सय ५० घरधुरीका स्थानीय लाभान्बीत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्