| शनिबार, बैशाख ८, २०८१

दुर्घटनामा मरेका शिक्षकको परिवारलाई राहत हस्तान्तरण

मोटरसाइकल दुर्घटनामा परेर दिवंगत भएका केरौंजा माविका शिक्षक अर्जुन श्रेष्ठको परिवारलाई विद्यालयले एकलाख सात हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

विद्यालयले आफ्नै कोषबाट ४० हजार र धार्चे गाउँपालिकाका कर्मचारीहरुबाट संकलन गरिएको गरी एकलाख सात हजार एकसय २५ रुपैयाँ राहत सहयोगस्वरुप प्रदान गरिएको केरौंजा माविका प्रधानाध्यापक सुन्दर खनालले जानकारी दिए ।

भीमसेन गाउँपालिका पिपलटार निवासी दिवंगत शिक्षक श्रेष्ठकी धर्मपत्नी ज्ञानु श्रेष्ठलाई त्यहाँका वडाअध्यक्ष नारायण श्रेष्ठको रोहबरमा रकम हस्तान्तरण गरिएको प्रअ खनालले बताए । बालबालिकालाई पठन पाठनमा धेरथोर मद्दत मिलोस् भन्ने उद्देश्यले राहत रकम संकलन गरेर प्रदान गरिएको उनले बताए ।

केरौंजा माविका सहायक प्रअ समेत रहेका श्रेष्ठको गत माघ सात गते आफ्नै घर नजिकै मोटरसाइकल दुर्घटनामा परी मृत्यू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्