| बिहिबार, बैशाख ६, २०८१

मकैसिंङ जोड्ने गरी बेलिब्रिज बन्ने पक्का, पप्पु कन्स्ट्रक्सनद्वारा आयोजना कार्यालय बिरुद्ध सर्वोच्चमा उजुरी

पप्पु कन्ट्रक्सनले जिम्मा लिएर अलपत्र छाडेको त्रिसुली नदी माथीको पुलको सडक आयोजनाले मोविलाईजेसन पेश्की जफत गरेपछि कन्ट्रक्सनले पुनराबेदन अदालत पोखरामा मुद्धा दर्ता ग¥यो । कार्यालयले मोविलाईजेसन पेश्की जफत गर्नुको प्रशस्त आधार पेश गरेपछि निर्माण कम्पनीले मुद्धा हा¥यो ।

फेरी कम्पनीले एघारकिलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर गरेको छ । काम सुरु गर्नु अघि लिएको एक करोड ११ लाख पेश्की रोक्का गरेको प्रति आपत्ति जनाउँदै कम्पनीले दर्ता गरेको मुद्धा बिचाराधिन छ । चितनवको इच्छाकामना गाउँपालिका र गोरखको गण्डकी गाउँपालिका जोड्ने उक्त पुल तीन वर्षअघि पुरा हुनुपथ्र्यो । उक्त कम्पनीलाई एक वर्ष नयाँ काम लिन नमिल्ने गरी सरकारले प्रतिवन्ध लगाएका बेला भौतिक पूर्वाधार बिकास मन्त्रालयले भने बेलिब्रिज बनाईदिने निर्णय गरेको छ ।

‘चर्चा पहिलेदेखि भएपनि बेलिब्रिज बनाउने निर्णय भएको दुई साता मात्रै भयो’ आयोजना कार्यालय गोरखाका इन्जिनियर राजेशकुमार यादबले भने ‘अब बेलिब्रिज बनेपछि निर्माणले गती लिने विश्वास छ ।’

मन्त्रालयको पुल महाशाखाले अन्यत्र प्रयोग भएको बेलिब्रिज केही समयका लागि बुट्टारमा राख्ने भएको हो । त्यहाँ पप्पु कन्ट्रक्सनले जिम्मा लिएको पक्की मोटरेबल पुल बनाउन निर्माण सामग्री ढुवानीमा समस्या देखाएपछि बेलिब्रिजको प्रक्रिया अघि बढेको थियो । १७ करोड लगानीमा त्यहाँ बन्ने पक्की पुलको काम १६ प्रतिशत भएको छ भने भुक्तानी १५ प्रतिशत मात्रै भएको छ । छ वर्षमा अहिले सम्म दुबै तर्फ पिल्लर मात्रै उठाइएको छ । पिलरमा प्रयोग भएको रड खिया लागेर थोत्रिएको छ ।

पक्की गाउँपालिकाको भुम्लिचोक, मकैसिंङ लगायत ठाउँ भएर आउजाउ गर्नेहरुलाई सास्ती भएको उनले बताए । भुकम्पपछि भत्किएको घर पुन निर्माण गर्दा निर्माण सामग्री ढुवानी गर्न सजिलो हुने आश लिएका भुकम्प पीडितले झोलुङ्गे पुलबाट सामग्री बोकेर घर बनाएको गाउँपालिका अध्यक्ष रानाले बताए ।

अहिले बेलिब्रिज राख्न लागिएको ठाउँ नजिकै त्रिशुली नदीमा बन्न लागेको एक सय मेघावाटको जलविद्युत आयोजनाले बेलिब्रिज राख्न सघाउने सम्झौता भएको छ ।

हाईड्रो पावर निर्माणका लागि आवस्यक सामग्री ढुवानी गर्न सहज हुने भएकाले बेलिब्रिज निर्माण जलविद्युत आयोजनाले गर्न लागेको प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले बताए । सामग्री ढुवानी गर्ने माध्याम नहुँदा हाईड्रो पावरको काम समेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्