| शुक्रबार, बैशाख ७, २०८१

प्रहरी

विप्लव गतिबिधि गरेको आरोपमा बिरिन्चोकबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय गोरखाले नेत्र बिक्रम चन्द ‘बिप्लप’ समुहका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । शुक्रवार साँझ गोरखा नगरपालिका वडा नम्बर १० बाट बिप्लप समुहका पूर्व जनपरिषद प्रमुख ६७ वर्षिय विश्णुप्रसाद रिजाल र जिल्ला किसान संगठनका प्रमुख ४८ वर्षिय रोहितप्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

गण्डकी गाउँपालिका ७ घ्याल्चोकका रिजाल र शहिद लखन गाउँपालिका ४ ताक्लुङका पन्तलाई बिप्लप गतिबिधि (राजद्रोह सम्बन्धी गतिबिधि ) गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

गोरखा प्रहरीले उनीहरुलाई दुबैलाई शान्ति बिरुद्धको कसुरमा मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्