| शनिबार, बैशाख ८, २०८१

महिला उद्यमी प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न

गोरखाका महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघले एकदिने गोष्ठी सम्पन्न गरेको छ । संघसंगको साझेदारीमा पूर्णिमा परियोजनाले महिला सशक्तिकरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा जिल्लाका नौ वटा पालिकाका महिला उद्यमीहरु सहभागी थिए । धार्चे र चुमनुब्री गाउँपालिकाबाहेक सबै पालिकाका गरी २५ जना महिला उद्यमीहरु कार्यक्रममा सहभागी भएका गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा एशियाकै पहिलो सफल टेम्पु चालक महिला लक्ष्मी शर्माले प्रेरणादायी अनुभव सुनाएकी थिइन् । अरुको टेम्पु डूाइभर भएर करिअर सुरु गरेकी शर्माले हाल तीनसय ५० जना भन्दा धेरै कामदार लिएर व्यवसाय सञ्चालन गरेकी छन् ।

पूर्णिमा परियोजनाले गोरखा उद्योग वाणिज्य संघसंग समन्वय गरी निजी क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो परियोजना एकबर्षका लागि सम्झौता गरिएको गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्