| शनिबार, बैशाख ८, २०८१

योगा सिक्नुहुन्छ, माघ ३ गते कवर्डहल जानुहोस्

धेरै मानिसलाई योगाको बारेमा थाहा नहुन सक्छ । थाहा भएपनि कसरी गर्ने भन्ने ज्ञान नहुन सक्छ । मानविय स्वभाव, आधुनिक जिवनशैली, बद्लिँदो खानपान र बिलासी जिबनयापनका कारण अहिले हरेक मानिसलाई योगा गर्नु अति आवस्यक छ । तर योगा गर्ने पनि एउटा बिधि र तरिका हुन्छ ।

कसरी गर्न सकिन्छ त योगा भन्ने बारेमा माघ ३ गते शुक्रवार योगगुरुले गोरखामा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । अस्वस्थ मानिसलाई स्वस्थ राख्न मात्रै होईन, अस्वस्थ हुन नदिन र रोग लाग्नबाट बच्न योगा उत्तिकै आवस्यक रहेको चिकित्सकहरु बताउँछन् । योगाको महत्व बुझाउन र अभ्यास गर्न सिकाउन प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको संयोजकत्वमा रहेको राष्ट्रिय योगा दिबस मूल समारोह समिति गोरखाले कार्यक्रम गर्ने भएको छ ।

माघ १ गतेदेखि देशभरी सप्ताहब्यापी रुपमा योगा दिबस मनाउने कार्यक्रम सरकारले तय गरेर जिल्लामा पनि मनाउन पत्राचार गरेपछि गोरखामा मनाउने तयारी भएको हो । सोमवार जिल्ला प्रशासनमा आयोजित छलफलमा सरोकारवालाहरुले योगगुरुबाट योगाको अभ्यास गर्दा प्रभावकारी हुने धारणा राखे । समितिले जिल्ला आयोजना कार्यन्वयन ईकाई (शिक्षा) को अगुवाईमा उक्त दिन योगाको कार्यक्रम तय गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, सरकारी कार्यालयहरु, चेम्वर अफ कमर्सले सघाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्