| शुक्रबार, बैशाख ७, २०८१

भिमसेन थापा गाउँपालिकामा पृथ्वीजयन्ती मनाईयो

दरौँदी समाचारदाता ः गोरखाको भिमसेन थापा गाउँपालिकामा पनि आईतवार एक कार्यक्रम गरि दुई सय ९८ औँ पृथ्वीजयन्ती मनाइएको छ । घ्याम्पेसालदेखि गाउँपालिका सम्म बिभिन्न जाति, धर्म, भेषभुषा सहित झाँकी ¥याली गरिएको गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत कृष्ण थापाले बताए ।
पृथ्वीनारायण शाहले गोरखाबाट नेतृत्व गर्दै देशभरका बाइसे र चौबीसे राज्यहरुलाई एकिकरण गरेर आधुनिक नेपाल निर्माण गरेको स्मरण गर्दै गौरवपूर्ण इतिहासलाई भुल्न नहुने गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे बताए ।
आधुनिक नेपालका राष्ट्रनिर्माता तत्कालिन राजा पृथ्वीनारायण शाहको योगदानलाई उच्च कदर गर्दै स्थानीय सरकारको तर्फबाट राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीलाई भव्यताका साथ मनाउन भन्दै भिमसेन थापा गाउपालिकाले सार्वजनिकको बिदा दिएको थियो । भिमसेन थापा गाउपालिकाका अध्यक्ष पाण्डे, उपप्रमुख बिनु वाग्ले, प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापा, वडा अध्यक्षहरु, कर्मचारी, स्थानीयको उपस्थिती रहेको थियो । गोरखाका अन्य पाँच स्थानीय तहले पनि आईतवार बिदा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्