| आइतवार, माघ ५, २०७६

सहकारी संघ गोरखाले रजत जयन्ती मनायो

दरौँदी समाचारदाता ः जिल्ला सहकारी संघ गोरखाको रजत जयन्ती तथा २६ औँ वार्षिक सभा शनिवार सम्पन्न भएको छ । जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोइरालाको अध्यक्षता तथा गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि सहकारी मन्त्री लेखबहादुर थापाको प्रमुख आथित्या रहेको थियो । सो अबसरमा जिल्ला संघले प्रकासित गरेको रजत स्मारिका बिमोचन गरिएको थियो । उक्त कार्यक्रम पूर्व अध्यक्ष र सञ्चालकहरुलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा ८५ सहकारी संघ सस्थाका प्रमुख एवं प्रतिनिधिको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्