| आइतवार, माघ ५, २०७६

महिला उद्यमीको साधारण सभा

उद्योग बाणिज्य संघ गोरखा अन्र्तगतको महिला उद्यमी बिकास समितिको आठौँ साधारण सभा शनिवार सम्पन्न भएको छ । समितिकी अध्यक्ष रिता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति संघका बरिष्ठ उपाध्यक्ष उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ, पुष्पा श्रेष्ठ, सरुना पोखरेल, मनकामना बजार ईकाई महिला उद्यमी बिकास समिति अध्यक्ष निर्मला श्रेष्ठ, महिला उद्यमी बिकास समिति गोरखाका निर्वतमान अध्यक्ष विष्णु मास्के लगायतले मन्तब्य राखेका थिए ।
साधारण सभामा जुना सुनारले सचिवको प्रतिवेदन र सुष्मा श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले भ्रमण सन् २०२० लक्षित गरेर पर्यटक भित्र्याउने खालका योजना बनाउने निर्णय गरेका अध्यक्ष रेग्मीले जानकारी दिईन ।

प्रतिक्रिया दिनुहोस्