| शनिबार, बैशाख ८, २०८१

नेपाल अफ्रिका फिल्म फेस्टिबलमा गोरखाको मकैको बिहे पनि छनौट

 

गोरखाको लाप्राकमा प्रचलित मकै विवाह सम्वन्धी वृत्तचित्र नेपाल अफ्रिका फिल्म फेस्टिबलका लागि छनौटमा परेको छ ।

गोरखाका पत्रकार भीमलाल श्रेष्ठद्वारा निर्माण तथा निर्देशन गरिएको मकैको विवाहसम्वन्धी वृत्तचित्र फेस्टिबलमा सोमबार प्रदर्शन गरिने निर्माता श्रेष्ठले जानकारी दिए ।

शनिबारदेखि सोमबारसम्म राष्टिूय नाँचघर जमलमा हुने ३ दिने फेस्टिबलका लागि नेपाल सहित नाइजेरिया, केन्या, घाना, साउथ अफ्रिका, इजिप्ट, जिम्बाबे, नर्वे, जर्मनी लगायत देशका छनौटमा परेका २५ वटा वृत्तचित्र प्रदर्शनी हुने भएका आयोजकले जनाएको छ ।

सो वृत्तचित्र यसअघि वी विल राइज फाउण्डेशनले गरेको मेरो गाउँ मेरो ठाउँ राष्टिूय वृत्तचित्र प्रतियोगितामा स्कृप्ट विधातर्फ सर्वोत्कृष्ट भई अवार्ड जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्