| बुधबार, कार्तिक २७, २०७६

गोरखा बुङ्कोटका खड्काद्वारा विद्यालयलाई कम्प्यूटर र अक्षयकोष

सहिद लखन गाउँपालिका ८ कुवापानी स्थायी घर भई हाल हङकङ निबासी गकुल खड्काले स्थानीय रामेश्वरी माविलाई सात थान कम्प्यूटर प्रदान गरेका छन् । शुक्रबार विद्यालयमा आयोजित एक समारोहका बीच खड्काले प्रधानाध्यापक जीवन अम्गाईलाई कम्प्यूटर हस्तान्तरण गरेका हुन् ।

साथै उनले सो विद्यालयमा पढ्ने गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि छात्रवृत्ति कोषका स्थापना गर्न रकम हस्तान्तरण गरेका छन् । दिवंगत साथीको स्मृतिमा दुईलाख २० हजार रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गर्न रकम हस्तान्तरण गरिएको वडा अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए । विद्यालयको प्राइम बैंकमा रहेको खातामा सो रकम राख्ने र ब्याजबापत प्राप्त रकमले गाउँ शिक्षा समितिले निर्धारण गरेको मापदण्डअनुसार छात्रवृत्ति वितरण गरिने उनले बताए ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष भरत रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका प्रमुख रमेश थापा मगर, वडा अध्यक्ष अम्गाई लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्