| शनिबार, कार्तिक २, २०७६

समाजवादी युवा संघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

समाजवादी युवा संघ गोरखाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पेश गरेको छ । गोरखा का प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने मार्फत संघका जिल्ला संयोजक मनु तामाङले ज्ञापन पत्र पेश गरेका हुन् ।
देशमा विद्यमान भ्रष्टचार, अनियमितता, कर छली, कर छुट, राजस्व चुहावट जस्ता गरैकानुनी कार्य विरूद्ध सरकारको ध्यानाकर्षण गर्न प्रर्दशन गर्नका साथै जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।
देशमा बढ्दै गएको भ्रष्टचार, ठुला ठुला कम्पनीको कर माफ, अर्बौंको घोटाला जस्ता कार्यले देशको अर्थतन्त्र र आम जनताको दैनिक जीवन र विकासका कामहरूलाई धेरै असर गरेको सो ज्ञापन पत्रमा उल्लेख छ ।
एउटा बिदेशी कम्पनिले करको अर्बौं रूपैया लिएर भाग्नु र सरकार केहि नगर्नु लज्जास्पद भन्दै पहिलो चरणमा सबै जिल्लाको प्रजिअ मार्फत प्रधानमन्त्रीलाई सचेत तथा राष्ट्र विरोधी कार्यप्रति ध्यानआकर्षण गराउन र यस्ता कार्य अबिलम्ब नियन्त्रण गर्न ज्ञापन पत्र बझाएका उनले बताए ।
यस्ता कार्य नियन्त्रण भएन, सरकार मौन बसि राख्यो भने हामी कडा आन्दोलन देशव्यापी नै गर्ने समाजवादी पार्टीको योजना छ ।

प्रतिक्रिया दिनुहोस्