| मङ्लबार, भदौ ३, २०७६

प्रदेश ४ मा नयाँ शक्तिले बनायो छायाँ सरकार, मुख्यमन्त्रीमा गोरखाका आचार्य

प्रदेश-४ को वैधानिक सदस्य रहेका हरिशरण आचार्य नयाँ शक्ति नेपालले गठन गरेको ‘वैकल्पिक सरकार’ को मुख्यमन्त्री बनेका छन्।

 

नयाँ शक्ति नेपालको सोमबार र मंगलबार कास्कीको लुम्लेमा भएको प्रदेश ४ को बैठकले आचार्यलाई वैकल्पिक सरकार प्रमुख बनाएको हो।

प्रदेश सभामा २ जना सांसद रहेको यो प्रदेशका वास्तविक मन्त्रीहरुको ‘काउण्टरपार्ट’ गठन गर्ने सिलसिलामा आर्थिक मामिला तथा योजना मन्त्रीमा मोती रिजाल, भौतिक पूर्वाधार विकासमा वास्तविक सभासद रहेकी धनमाया लामा, उघोग पर्यटन वन तथा वातावरणमा वास्तविक सभासद रहेकी खड्गबहादुर गुरुङ, भूमि ब्यवस्थापन कृषि तथा सहरकारीमा लक्ष्मी खाती परियार, आन्तरिक मामिला तथा कानुनमा गुणाखर बस्याल र सामाजिक विकासमन्त्राल मन्त्रीमा गोपेन्द्र केशरी न्यौपाने चुनिएका छन्।

पार्टीले यस प्रदेश अन्तर्गतका ८४ वटै स्थानीय तहहरुमा वैकल्पिक सरकार गठन गर्ने, प्रदेश अन्तर्गतका विभिन्न आयोग, विभाग, आंगिक तथा पेशागत संगठनहरुको समेत गठन र त्यसको जिम्मेवारी बाडफाँड समेत गरेको छ। बैठकले १ सय ९९ सदस्यीय प्रदेश परिषद गठन पनि गरेको छ।

कार्यक्रममा पूर्व प्रदेश इञ्चार्ज श्री देवेन्द्र पराजुलीले राजनीतिक प्रशिक्षण दिएका थिए।

प्रतिक्रिया दिनुहोस्