| मङ्लबार, भदौ ३, २०७६

निर्वाचन खर्चमा एमालेलाई जित्यो कांग्रेसले, राप्रपा प्रजातान्त्रिक तेस्रो

काठमाडौं: प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलहरूले निर्वाचन आयोगमा खर्चको विवरण पेस गरेका छन्। प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा ४ अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र खर्चको वविरण पेस गर्नुपर्ने हुन्छ।

पहिलो ठूलो दल एमाले र चौथो ठूलो दल संघीय समाजवादी फोरमले समेत समयमै विवरण नबुझाएकोमा म्यादभन्दा १४ दिनपछि एमालेले विवरण बुझाएको छ। तर फोरमले भने अझै बुझाएको छैन।

निर्वाचन आयोगले चैत ५ भित्र समानुपातिक प्रणालीअन्तर्गत निर्वाचनमा उठाइएका उम्मेदवारको खर्च विवरण आयोगमा बुझाउन म्याद दिएको थियो। मंगलबारसम्म चौथो ठूलो दल संघीय समाजवादी फोरमबाहेक ठूला दलहरूले निर्वाचन खर्च बुझाएका छन्। समानुपातिक कोटामा पनि सबैभन्दा ठूलो दल रहेको एमालेको भन्दा कांग्रेसको खर्च बढी देखिएको छ।

त्यस्तै, एक सिट पनि प्राप्त गर्न नसकेको राप्रपा प्राजातान्त्रिक बढी खर्च गर्नेहरूमा तेस्रो दल बनेको छ। माअोवादीको तुलनामा भने राष्ट्रिय जनता पार्टी नेपाल, नयाँ शक्ति पार्टी नेपालले बढी खर्च गरेको विवरण बुझाएका छन्। आयोगले मतदाता नामावली खरिद, सवारी साधन, इन्धन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, कार्यकर्ता परिचालन, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम, कार्यालय संचालन, प्रतिनिधि परिचालन र विविध गरी कुल १० शीर्षकमा रकम खर्चका लागि खुला गरेको थियो।
कुन दलका कति थिए उम्मेदवार कति खर्च?

राजनीतिक दल उम्मेदवार संख्या विवरणमा पेस भएको खर्च नेपाली कांग्रेस ११० दुई करोड पाँच लाख ८३ हजार नेकपा एमाले १०९ एक करोड ७७ लाख १७ हजार राप्रपा प्रजातान्त्रिक १०६ एक करोड एक लाख ४० हजार राजपा नेपाल प्रदेश २ मात्रै ६२ लाख नयाँ शक्ति पार्टी नेपाल १०६ ३७ लाख ७५ हजार माओवादी केन्द्र ११० ३४ लाख १९ हजार राप्रपा ११० ३२ लाख ९८ हजार विवेकशील साझा   २४ ११ लाख २१ हजार नेमकिपा ६८ आठ लाख १६ हजार माथि उल्लेख गरिएका सहितका चुरेभावर पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय शिवसेना पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल दर्शनले पनि विवरण बुझाएका छन्।  संसदमा चौथो ठूलो दल बनेको संघीय समाजवादी फोरमले विवरण पेस गरेको छैन तर फोरमले धरौटी राखेको रकम मागका लागि निवेदन भने निर्वाचन आयोगमा दर्ता गराएको छ।  थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस्