| मङ्लबार, कार्तिक ५, २०७६

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा इन्चार्ज पक्राउ

नेत्रविक्रम चन्द(विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गोरखा जिल्ला इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका १२ स्याउलीबजारका उनकै छिमेक रामबाबु कुमालको घरबाट इन्चार्ज कुमाललाई मंगलबार साँझ आठबजेतिर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी प्रकास अधिकारी ले जानकारी दिए ।
‘कतैबाट आउँदै गर्दा गाडीबाट झरेर स्याउलीबजारको रामबाबु कुमालको घरमा जाने बित्तिकै फलो गरिरहेका हाम्रा प्रहरीले समाते’ एसपी अधिकारीले भने ‘अरु पनि खोजीको सूचिमा छन् । क्रमश समातिन्छन् ।’
उनीलाई केहीदिन अघि दर्बुङमा रहेको एनसेल मोबाइल टावरमा आगजनी गरेको अभियोग लगाइएको छ । साथै सोमबार राती मसेलमो डोजरमा आगो लगाएको आरोप पनि लगाइएको एसपी अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्