| मङ्लबार, भदौ ३, २०७६

गोरखाका सांसद आचार्य भन्छन् ‘प्रदेशको नाम तमुवान नभए ‘नोट अफ डिसेण्ट’ लेखिन्छ

नयाँ शक्ति पार्टीका सांसद हरिशरण आचार्यले प्रदेशको नाम तमुवान नै उपयुक्त भएको बताएका छन् । आईतबार गुरुङ समुदायले गरेका प्रदेश ४ को नामाकरणबारे भएको बिचार गोष्ठीमा उनले पहिचानको आधारमा मात्रै प्रदेशको नाम राखिनुपर्ने बताए ।

‘मुख्यमन्त्री गुरुङ समुदायबाट । पूरै अधिकार प्रदेशमा हुँदा पनि पहिचान छोडियो भने कहिले हुन्छ प्रदेशको पहिचान ?, उनले भने–पहिचान छोडेर नाम राखे संसदमै नोट अफ डिसेण्ट लेखिन्छ ।’
उनले गुरुङहरुको थतथलो रहेको प्रदेश ४ लाई तमुवान प्रदेश घोषणा गर्न आफ्नो पार्टीले पहल गर्ने समेत बताएका छन् । अहिले प्रदेशको नामाकरणका लागि तल्लो तहमा समेत बहस चलिरहेको छ । प्रदेश संसदबाट संसदीय समिति नै गठन गरेर नामाकरणबारे सुझाव संकलन र आवश्यक परामर्शको काम भैरहेको छ । यही अवस्थामा तमुवान प्रदेशका लागि बढी लविङ भएको हो ।

यद्यपी अधिकांशले चाहीँ जातिय भन्दा प्राकृतिक र ऐतिहासिक प्रतिनिधित्व हुने गरी नामाकरण हुनुपर्नेमा जोड दिएका छन् । गण्डक, गण्डकी, गोरखा, तमुवान–मगरात लगायत नाममा बढी छलफल चलिरहेको समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्