| शनिबार, बैशाख ८, २०८१

वडाध्यक्ष

किन गर्दै छन् वडाध्यक्ष आफैले जनगणना ? 

तथ्याङ्क बिभागले १०/१० बर्षमा जनगणना गर्ने गर्छ । अबको तीनबर्षपछि २०७८ सालमा राष्टिूय जनगणना महाअभियान सुरु हुदैछ । तर यहाँका एक वडा अध्यक्षले अहिले नै जनगणना सुरु गरेका छन् ।
चुमनुब्री गाउँपालिका वडा नं. ४ का अध्यक्ष पेमाडुण्डुप लामाले आइतबारदेखि वडाभित्रको जनगणना सुरु गरेको जनाएका छन् । आठबर्षअघि गरिएको जनगणना अनुसार अहिले काम गर्दा निमल्दो भएकाले पछिल्लो अबस्था थाहा पाउन अहिले नै जनगणना गरिएको उनले बताए । २०६८ सालमा राष्टिूय जनगणना महाअभियानमा प्रोकमा संकलित तथ्याङ्कलाई मिथ्याङ्क को आरोप वडाअध्यक्षको छ । ‘त्यतिबेला गलत जनगणना गरेका छन्’ लामा भन्छन् ‘शिक्षक कर्मचारीले गाउँघर नडुली अन्दाजको भरमा घरधुरी र मान्छेको संख्या निकालेका छन् । त्यसले हामीलाई काम गर्न साह्रै गाह्रो भयो ।’ सोही मिथ्याङ्कको आधारमा बजेट बाँडफाँड गर्दा वडामा कम बजेट आएकाले सही तथ्यांक लिन खोजिएको उनको भनाइ छ । ‘हाम्रो वडाको जनसंख्या हेर्दा चुमनुब्री गाउँपालिकाभरिको जनसंख्या नै गलत छ जस्तो लागेको छ’ उनले भने ‘यही गलत तथ्याङ्क को आधारमा हाम्रो गाउँपालिकामा बजेट घटेर आएको छ । यसरी भाग लगाउँदा मेरो वडामा अझै घटेर आउनेछ । त्यही भएर सही तथ्यांक निकाल्नु खोज्दैछु ।’ गतबर्ष चुमनुब्री गाउँपालिकामा १६ करोड रुपियाँ बजेट प्राप्त भएको थियो । सो वडामा एक करोड ४७ लाख बिनियोजन भएको थियो ।

२०६८ को जनगणनाको तथ्याङ्क अनुसार सो वडा(साबिक प्रोक गाविस)मा १८७ घरधुरी र पाँचसय ७५ जनसंख्या छ । साथै प्रोक गाविसभरि तामाङ समुदायको बसोबास रहेको उल्लेख छ । वडाअध्यक्ष लामाका अनुसार प्रोकमा एकजना पनि तामाङ समुदायका मान्छे छैनन् । तथ्याङ्क बिभागले सोह्रैआना गलत काम गरेको उनको आरोप छ । त्यतिबेला गणना गर्दा पढ्न तथा कामको सिलसिलामा गाउँबाहिर बसोबास गर्नेको गणना नै नगरिएको वडाअध्यक्ष लामाको भनाइ छ । गणक टोलीमा वडा सदस्य र सहयोगीहरु मात्र हुनेछन् । उनीहरुलाई दैनिक भत्ता र खानेबस्ने ब्यबस्था गरिएको अध्यक्ष लामाले बताए । उनीहरुले घरधुरी संख्या, जनसंख्या र मानेकानेहरुको गणना गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्