| शनिबार, बैशाख ८, २०८१

टे«ड यूनियन कांग्रेसमा सरद

टे«ड यूनियन कांगे्रस गोरखामा शरद श्रेष्ठ अध्यक्ष रहने गरी सबै कार्यसमिति सर्वसम्मच चयन भएका छन् । बुधबार नेपाली कांग्रेसको सभाहलमा भएको यूनियनको अधिबेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको हो । जसको खुल्ला उपाध्यक्षमा बेद प्रसाद अधिकारी, महिला उपाध्यक्षमा गीता घिमिरे, सेवा क्षेत्रबाट रामशरण आचार्य, उत्पादनको क्षेत्रबाट राजकुमारी थापा, अनौपचारिक तथा स्वरोजगारको क्षेत्रबाट सिर्जना कोईराला, सचिबमा कृष्णबहादुर खनाल, सहसचिबमा अनिता पनेरु र एक जना पछि नियूक्त गरिने बताइएको छ । त्यस्तै कोषाध्यक्षमा सोमराज गुरुङ, महिला सहकोषाध्यक्ष नियूक्त गर्नै बाँकी रहेको छ । खुल्ला तर्फको सदस्यहरुमा जीवनाथ पोखरेल, सुनिल गुरुङ, विकास थापा रहेका छन् । यूवा संयोजकमा गौतम बल्छौडी, महिला तर्फ गीता राना रहेका छन् । प्रदेश प्रतिनिधीमा निरबहादुर खड्का, गगन अधिकारी, कल्पना पोखरेल, तीलकुमारी पोखरेल, मोहनबाबु सापकोटा, खगेश्वर लामिछाने रामप्रसाद पन्त, सर्मिला ढकाल, खुनप्रसाद रेग्मी, चन्द्रबहादुर श्रेष्ठ रहेका छन् । त्यस्तै राष्ट्रिय महादिवेशन प्रतिनिधीमा कमल प्रसाद ढकाल, मो प्रसाद पुडासैनी, सरिता लामिछाने, श्याम लामिछाने रहेको निर्वाचन अधिकृत लक्ष्मणबाबु आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्