| बुधबार, असार ३१, २०७७

सामुदायिक र निजी विद्यालयप्रति भेदभाव गरिएकोमा नेविसंघको आपत्ति

 

सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाएर निजी विद्यालयमा पठनपाठन सुरु गर्ने सरकारी तयारीप्रति नेबिसंघ गोरखाले बिरोध जनाएको छ । शैक्षिक माफियाहरुसँग मिलेमतो गरी सामुदायिक विद्यालय र निजी विद्यालय बीच भेदभाव गरिएको भन्दै नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

असार १ गतेदेखि नीजि विद्यालयहरुमा भर्ना खुलाउन गरिएको आव्हान तत्काल फिर्ता गर्न संघको माग छ ।
प्रमुख जिल्ला सुरेन्द्र पौडेल मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउदै विद्यार्थीहरुको स्वास्थ्य रक्षामा गम्भीर बन्न माग गरेको हो । देशका सबै ठाउँमा इन्टरनेटको पहुँच नपुगेको अबस्था अनलाइन मार्फत पठनपाठन गराउन नसकिने नेबिसंघको ठहर छ ।

नीजि विद्यालयहरुलाई अनलाइन कक्षा र भर्ना लगायतका कुनै पनि बहानामा शुल्क नलिन अनुरोध गरेको छ । यदि आफ्नो आग्रह अस्वीकार गरे नेबिसंघले कडा प्रतिकार गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्