| बुधबार, असार ३१, २०७७

गण्डकी प्रदेशको कांग्रेसका संसदीय दलका प्रबक्तामा प्रकाशचन्द्र दवाडी

नेपाली काङ्ग्रेस गण्डकी प्रदेशको संसदीय दलले प्रकाशचन्द्र दवाडीलाई प्रबक्तामा नियुक्त गरेको छ । शनिबार सम्पन्न बैठकले गोरखाबाट विजयी सांसद दवाडीलाई दलको प्रबक्तामा नियुक्त गर्ने निर्णय गरेको हो ।

बिहान ११ बजे बसेको दलको बैठक साँझ पाँच बजेसम्म चलेको थियो ।

बैठकले कोरना नियन्त्रण तथा रोकथामका लागि वर्तमान सरकारले पर्याप्त कार्यहरु गर्न नसकेको निष्कर्ष निकाल्दै कोरोनाबाट त्रसित नागरिकलाई एक घर एक पिसिआर परीक्षण अभियान चलाउनु पर्ने निश्कर्ष निकालेको थियो ।

दलका नेता कृष्णचन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न बैठकले गत चैतको पाँच गते मुख्यमन्त्रीसमक्ष गएको संसदीय दलको प्रतिनिधिमण्डलमाथि दुव्र्यबहार भएकोमा आपत्ति जनाएको छ । ‘मुख्यमन्त्रीले हाम्रा संसदीय दलको डेलिगेशन टोलीमाथि जुन अभद्र र अमर्यादित व्यवहार भएको थियो, त्यसप्रति खेद प्रस्ताव पारित गरेको छ’, प्रवक्ता दवाडीले भने, ‘आगामि दिनमा पनि  मुख्यमन्त्री जत्तिको जिम्मेवार व्यक्तिबाट माननीयहरुप्रति यस्तो दुव्र्यवहार भइरहे संसद अवरुद्ध गर्न पछि पर्ने छैनौँ ।’

 

प्रतिक्रिया दिनुहोस्