| बुधबार, चैत्र २६, २०७६

कोरोना बारे सचेतना पर्चा बाँडेर नेकपाको संगठन सुदृढिकरण अभियान सुरु

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) गोरखाले शनिवारदेखि पार्टी सुदृढिकरण अभियान सुरु गरेको छ ।

सरसफाई गरेर वृहत रुपमा जिल्लाब्यापी तीन महिने अभियान सुरु गर्ने निर्णय गरेपनि कोरोना भाईरसको बढ्दो त्रासका कारण सचेतना कार्यक्रम गरेर अभियान सुरु गरिएको नेकपा जिल्ला सचिवालय गोरखाले जनाएको छ ।

कोरोना भाईरसबारे सचेतना फैलाउँदै जिल्ला अध्यक्ष लेखबहादुर थापाले अभियानको शुभारम्भ गरेका हुन् । नेकपाका जिल्ला नेता तथा कार्यकर्ताहरु सर्वसाधारणको घरदैलोमा पुगेर कोरोना भाईरसबाट बच्ने उपाएको जानकारी मुलक पर्चा बाँडेका थिए । पर्चामा कोरोना भाईरस के हो ? यसका लक्षणहरु के के हुन्छन ? कसरी बच्ने ? परिक्षण कसरी गर्ने ? उपचार के छ भन्ने बारेमा उल्लेख गरिएको थियो ।

विभिन्न पाँच समूहमा विभाजन गरेर पर्चा सहितको टोली, ठूलोआँगन, बसपार्क, नयाँबजार, हरमटारी, अस्पताल क्षेत्र, बराह लगायतका सदरमुकाम आसपासका टोलमा पुगेको थियो । अभियानको शुभारम्भ कार्यक्रममा पार्टी कार्यालय पाटेचौरमा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेको पनि उपस्थिति रहेको जिल्ला सचिवालय सदस्य अकुर तिमल्सिनाले बताए । तीन महिने अभियानको अवधीमा पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान सञ्चालन हुनेछ ।

अभियानमा गोरखा जिल्ला इन्चार्ज, सहइन्चार्ज र केन्द्रीय सदस्यहरु पनि सहभागी हुने तिमिल्सिनाले बताए । पार्टी सदस्यहरुमा बैचारिक, संगठनात्मक एव भावनात्मक बिकास सुदृढ गर्ने, पार्टी सदस्यता एकिकरण, नबिकरण, जनबर्गीय संगठन, मोर्चा निर्माण, पार्टीका बिभिन्न बिभागलाई पूर्णता दिने, घरदैलो टोलभेला र सभा गर्ने लगायतका कार्यक्रम तय गरिएकोे नेकपाले जनाएको छ ।

चैत महिनाभित्रमा संगठित सदस्यहरुको सदस्यता नविकरण सक्ने, जेष्ठको तेस्रो सातामा सवै गाउँपालिकामा पालिका स्तरको सभा गर्ने, जेठको अन्तिम सातामा जिल्लामा ¥याली सहितको सभा गर्ने, सवै वडामा वडा पार्टी कार्यालय स्थापना गर्ने लगायतका काम हुने नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्