| शुक्रबार, बैशाख ७, २०८१

दरौँदी फुर्बुजे कृषि सहकारीको फाराम उद्घाटन

अजीरकोट गाउँपालिका ४ साबिक सिम्जुङको दरौंदी फुर्बुजे कृषि सहकारी संस्थाद्वारा सञ्चालित कृषि फर्मको उद्घाटन गरिएको छ ।

संस्थाका अध्यक्ष मित्रनाथ दवाडीको अध्यक्षतामा सम्पन्न एक समारोहका बीच गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सहकारी कृषि फर्मको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सांसद दवाडी, गाउँपालिकाका अध्यक्ष फणिन्द्र धिताल, कृषि विज्ञ डालप्रसाद पुडासैनी, सहकारी संस्थाका दयानिधि दवाडी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सो सहकारीले बाख्रा पालन, अर्गानिक तरकारी खेती लगायतका ब्यवसाय सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्