| शुक्रबार, फाल्गुन ९, २०७६

दरौँदी लिफ्फ्टिङ खानेपानीको दोस्रो साधारण सभा सम्पन्न

दरौँदी गोरखा वृहत लिफ्टिङ खानेपानी उपभोक्ता संस्थाको दोस्रो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बद्रीबहादुर मास्केको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेत, पूर्वाधार बिकास कार्यालय लमजुङका प्रमुख राम चन्द्र काफ्ले गोरखा नगरपालिका ४ का वडा अध्यक्ष रामशरण अधिकारी, संस्थाका कानुनी सल्हाकार यादब शर्मा, पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, संस्थाका उपाध्यक्ष सकुन्तला खत्री लगायतले धारणा राखेका थिए । संस्थाका सचिव बिनोदबाबु अर्यालले संस्थाका कोषाध्यक्ष गोबिन्द गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

दरौँदी लिफ्टिङ खानेपानी आयोजनाको ९४ प्रतिशत काम पूरा भएको छ ।

अहिले दरौँदी गोरखा वृहत लिफ्टिङ खानेपानी उपभोक्ता संस्था अन्र्तगत २२ वटा संस्था आवद्ध छन् । यी संस्थालाई मर्ज गरेर पानी बितरणलाई अझै ब्यवस्थित बनाउने विषयमा साधारण सभामा छलफल भएको कोषाध्यक्ष गोबिन्द गुरुङले बताए । विद्युत लाईन जोडेपछि आयोजनाको काम पुरु हुने र खानेपानी उपभोक्ता समिति मार्फत दरौँदीको पानी बितरण गर्ने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्