| शुक्रबार, चैत्र २८, २०७६

जनप्रतिनिधि भेट्दै जिल्ला दौडाहमा राष्ट्रिय सभा उमेद्ववार श्रेष्ठ

दरौँदी समाचारदाताः नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा निर्वाचनको उमेद्ववार भएपछि जिल्लामा जनप्रतिनिधि भेटघाट गर्दै हिँडेका छन् । सोही क्रममा उनी आज गोरखा आएका छन् । नेकपाबाट बिजयी गोरखाका जनप्रतिनिधि सँग भेटघाट गरी उनले राष्ट्रिय सभा निर्वाचन र पार्टीको समसामयिक विषयमा छलफल गरेका थिए ।

भेटघाटपछि नेकपा गोरखाको पार्टी कार्यालय पाटेचौरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले सभामुख शिवमाया तुम्बाहाम्फेले तत्काल राजिनाम नदिए नेकपाले साभामुख पाउने बाटो बन्द हुने धारणा राखे । एउटै पार्टीबाट सभामुख, उपसभामुख हुने कानुनी ब्यवस्था नभएको बताउँदै उनले राजिनामा दिने विषयमा पार्टी ढुक्क रहेको बताए । आफ्नो चाहनलाई केन्द्रबिन्दु बनाएर राष्ट्रिय सभामा उमेद्धवार नभएको भन्दै उनले भने ‘पार्टीको निर्णय अनुसार अघि बढ्छु ।’ अर्थमन्त्री बन्ने चर्चा भईरहेका बेला अहिल्यै आफुले मन्त्री बन्ने योजनामा उमेद्धवारी नदिएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्