| मङ्लबार, बैशाख ४, २०८१

प्रधानमन्त्री ओलीका यी हुन् नयाँ सल्लाहकार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सचिवालय टिमले सामूहिक राजीनामा दिएपछि अब को–को व्यक्ति नयाँ टिममा सामेल हुने छन् भनेर सबैतिर चर्चा र कौतुहलताको विषय बनेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार सल्लाहकार टिम सानो र छरितो बनाउँदै सबै काम हेर्नेगरी प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा एक जना विश्वास पात्र मन्त्री बनाउने गरिको छलफल पनि अगाडी बढेको छ ।

सबै अधिकार दिएर प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा शक्तिशाली र सबै मन्त्रीहरुलाई समन्वय तथा निर्देशन दिन सक्ने हाइटको मन्त्री बनाइ प्रधानमन्त्री ओलीले अनुगमन तथा सुपरिवेक्षण गर्ने गरी व्यवस्था गर्न पनि ओलीलाई सुझाव गएको छ ।

सम्भावित नयाँ अनुहारका लागि विभिन्न नेताहरुमार्फत विभिन्न व्यक्तिहरुले लबिङ पनि शुरु गरिसकेको बताइको छ । स्रोतका अनुसार अहिले भइरहेको सचिवालय टिमबाट स्वकीय सचिव राजेश बज्राचार्य र प्रेस संयोजक चेतन अधिकारीसहित सहयोगी टिमले मात्र निरन्तरता पाउने भएको छ ।

सचिवालय टिमको मुख्य व्यक्तिका रुपमा रहने प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नै दोहोरिने कसरत गरिरहँदा नेकपामा नेता तथा पूर्व परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेको चर्चा छ । त्यसैगरी पूर्व पर्यटन मन्त्री आनन्द पोखरेलले पनि प्रमुख सल्लाहकार हुन रुचि देखाएका छन् ।

त्यस्तै जनसम्पर्क सल्लाहकारमा नेकपाका पूराना नेता तथा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेको नाम चर्चामा छ । त्यसैगरी प्रमुख स्वकीय सचिवमा अंग्रेजी भाषामा दखल भएको र आइटी सम्बन्धी जानकारी भएको व्यक्तिको खोजी प्रधानमन्त्री ओलीले गरेको बताइन्छ ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नेपाल पत्रकार महासंघको पूर्वसभापति शिवगाउँले र महासंघमा सभापतिमा पराजित तिर्थ कोइरालाको नाम झापालीहरुले अघि सारेका छन् ।

कतिपयले राजन भट्टराईलाई प्रमुख सल्लाहकार बनाउन पनि दवाव दिइरहेका छन् । प्रधानमन्त्री ओलीले यस पटक सचिवालयमा युवा अनुहारलाई पनि भित्र्याउन दवाव परिरहेको छ ।
source: pathivaradaily.com

प्रतिक्रिया दिनुहोस्