| शुक्रबार, मंसिर २०, २०७६

काङ्ग्रेसको प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ, भगिनी संस्थाका पदाधिकारी एवं सदस्यहरु, शुभेच्छुक तथा जनवर्गीय संघ, संगठनका पदाधिकारी तथा सदस्यहरु, पार्टी संवद्ध स्थानीय तहका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु, प्रदेश सभाका जनप्रतिनिधि प्रशिक्षणमा सहभागी थिए ।
कार्यक्रममा दीगो विकास तथा पारदर्शिताका बारेमा डाक्टर गोविन्द पोखरेल, पार्टीको चुनावी घोषणा पत्र र त्यसको कार्यान्वयन का बिषयमा डाक्टर स्वर्णिम वाग्ले, पार्टीको विधान, नीति तथा भावी कार्यदिशाका बारेमा नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य खिलनाथ दाहालले प्रशिक्षण दिएका पार्टीका जिल्ला सहसचिव नारायण लामिछानेले जानकारी दिए ।आइतबार सम्पन्न समापन कार्यक्रममा पार्टीका जिल्ला सभापति समापनमा हरिबहादुर घले, केन्द्रीय सदस्य कमला पन्त, मेयर तथा महासमिति सदस्य राजनराज पन्त, जिल्ला समितिका सचिव नन्दप्रसाद न्यौपानेले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्