| शुक्रबार, अशोज ३, २०७६

गोरखामा समाजवादी पार्टी नेपालको ७५ सदस्यीय जिल्ला कमिटी गठन (को को छन् समितिमा सूची हेरौं)

 

समाजवादी पार्टी नेपाल गोरखाले ७५ सदस्यिय जिल्ला समिति घोषणा गरेको छ । नयाँ शक्ति पार्टी र संघिय समाजवादी फोरम नेपाल मिलेर बनेको समाजवादी पार्टीले शनिवार औपचारीक कार्यक्रमका साथ जिल्ला समिति घोषणा गरेको हो ।

पार्टीका केन्द्रिय सदस्य गोपालबाबु श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलले जिल्ला समितिका पदाधिकारी टुंगो लगाएको हो । पार्टीको जिल्ला संयोजकमा नारायण खत्री चयन भएका छन् । उपाध्यक्षमा शुकदेव तामाङ,राजेन्द्र पराजुली र शान्ता न्यौपाने चयन भएका छन् ।
पार्टी सचिवमा विपिनचन्द्र ढकाल, सहसचिवमा तेजबहादुर गुरुङ र कोषाध्यक्षमा मिनबहादुर विक रहेका छन् । सोही कार्यक्रममा समितिका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । ७५ सदस्यिय जिल्ला समितिमा ५ सदस्य मनोनयन गरिने पार्टीका जिल्ला सचिव ढकालले जानकारी दिए । जिल्ला समितिमा संघिय समाजवादीबाट १७ र नयाँ शक्तिबाट ५३ जनाको सहभागिता रहेको छ । बाँकी ५ जना दुबै पार्टीका तर्फबाट मनोनयन गर्ने सहमति भएको उनको भनाई छ ।

जिल्ला समिति समायोजन घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय अध्यक्षद्धय डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव तथा बरीष्ठ नेता अशोक राईले कांग्रेस र कम्युनिष्टबाट देशको कार्यभार पूरा नहुने दाबी गरे ।

समुन्नत संघिय राष्ट्रका लागि आफ्नो पार्टी बाहेक अरुको विकल्प नरहेको उनिहरुको जिकिर छ । पार्टीका केन्द्रिय सदस्य ज्ञानेन्द्र कुमालको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेताहरु कमला गुरुङ, रमेशबाबु श्रेष्ठ, हरीशरण आचार्य,रमेश पोखरेल, गोपालबाबु श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका रोहित पाण्डेले जानकारी दिए ।

को को छन् समितिमा सूची हेरौं

प्रतिक्रिया दिनुहोस्