| शुक्रबार, जेष्ठ २३, २०७७

लिपुलेक फिर्ता गराउन सरकारलाई नेविसंघको दबाव, गोरखामा राँके जुलुस

नेपाली भुमि मिचेर भारतले धार्चुलाबाट लिपुलेक सम्म सडक निर्माण गरेको विषयमा सरकार उदासिन बनेको भन्दै नेविसंघ गोरखाले बिरोध जनाएको छ । आफ्नो भुमि मिचिँदा समेत सरकारले पत्तो नपाउनु देश प्रतिको र नेपाली जनता प्रतिको अन्र्तघात भएको आरोप लगाउँदै नेविसंघले आज साँझ गोरखा बजारमा राँके जुलुस निकालेको अध्यक्ष सुवास अधिकारीले बताए ।


‘लिपुलेक हाम्रो हो, भारतिय बिस्तारबाद मुर्दाबाद, नालायक सरकार राजिनामा दे, सिमा मिच्न पाईदैन’ जस्ता नारा लगाउँदै नेपाल विद्यार्थी संघका युवाहरु हातमा राँको लिएर सडकमा निस्किएका थिए । गोरखा सदरमुकामको घ्याम्पेशाल चोकदेखि हरमटारी चोकमा जुलुस सहित कोण सभा गर्दा प्रहरीले भने पत्तो पाएन ।

प्रहरीलाई झुक्याएर मुख्य सडकको चोकमा कोण सभा गर्दै नेविसंघ जिल्ला अध्यक्ष सुवास अधिकारीले भने ‘भुमी मिचिँदा सरकार मौन छ, सरकारको आधिकारीक जवाफ आएको छैन, फिर्ता ल्याउन कुनै पहल भएको छैन, सही छाप नभएको विज्ञप्ती जारी गर्नुले सरकार डराएको प्रष्ट हुन्छ ।’ बर्तमान सरकार भष्ट्राचारमा डुबेको, भुमि मिचिँदा मौन बसेको लगायत कारणले राजिनामा दिनुपर्ने माग अध्यक्ष अधिकारीले गरे ।

प्रतिक्रिया दिनुहोस्