| शुक्रबार, जेष्ठ २३, २०७७

गोरखा क्याम्पसद्वारा अनलाईनबाट पढाई सुरु

गोरखा क्याम्पस गोरखाले बुधबारबाट अनलाइन कक्षा सुरु गरेको छ । बैशाख १२ गते रजिष्टार कार्यालयले गरेको सूचना बमोजिम अनलाईनबाट कक्षा संचालन गरिएको सहायक क्याम्पस प्रमुख बालक देवकोटाले बताए ।
विद्युतिय माध्याम, अनलाइलन कक्षा संचालन सम्बन्धि निर्देशिका २०७७ जारी भए पश्चात कक्षा संचालन गरिएको हो । बुधबार स्नातकोत्तर तहको सेमेष्टर प्रणालीमा आधारित सबै विषयको कक्षा संचालन भएको र स्नातक तहको पनि छिटै कक्षा संचालन हुने देवकोटाले बताए । कक्षा संचलानका लागी सहायक प्रमुख देवकोटाको संयोजकत्वमा पाच सदस्यिय अनलाइन कक्षा सेल समेत निर्माण भएको छ । कक्षा संचालनका लागी क्याम्पसका प्राध्यापक तथा विद्यार्थीलाई अभिमुखिकरण तालिम समेत दिइएको सहायक प्रमुख देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्