| शनिबार, बैशाख ८, २०८१

एन्फाद्वारा गोरखा नगरपालिका मार्फत खाद्यान्न सहयोग

गोरखा जिल्ला फुटबल संघ (एन्फा) गोरखाले गोरखा नगरपालिका मार्फत दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएकाहरुलाई राहत प्रदान गरेको छ । नगरप्रमुख राजनराज पन्तलाई एन्फा गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले ३० केजीको १३ बोरा सोना मन्सुली चामल र दुई बोरा मुसुराको दाल आज हस्तान्तरण गरेका हुन् ।
आर्थिक संकटका कारण खानाको समस्या भएकाहरुको सहजताका लागि राहत दिइएको एन्फा अध्यक्ष श्रेष्ठले बताए । लकडाउनका कारण बिहान बेलुकी छाक टार्न समस्या भएकाहरुको परिवारलाई नगरपालिकाले राहत दिने योजना बनाएको र सहयोग आएको राहत सोही क्रममा बितरण हुने नगरप्रमुख पन्तले बताए । नगरपालिकाले आफखुसी राहत बितरण नगर्न र बितरण गर्न चाहनेलाई नगरपालिका मार्फत दिन अनुरोध गरेको छ । एकद्वार प्रणाली प्रभावकारी बितरण र दोहोरोपन आउन नदिन यस्तो नीति लिइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्