| शुक्रबार, चैत्र २८, २०७६

गोरखामा तमु संग्राहालय बनाउने बिषयमा बेलायतमा छलफल

गोरखा तमु समाज युके ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी गोरखाका नगर प्रमुख मेयर राजनराज पन्तले गोरखामा तमु संग्राहालय बनाउने विषयमा छलफल गरेका छन् । आईतवार तमु समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुँदै उनले तमुहरुको बाहुल्यता रहेको गोरखामा संग्राहालय निर्माण गर्दा भाषा, संस्कृतीको संरक्षण हुने बताए ।
तमु संग्राहालय निर्माणमा गोरखा नगरपालिकाले साथ दिने भएकाले सहयोग गर्न बेलायत स्थित तमु समाजलाई मेयर पन्तले अनुरोध गरे । बेलायतमा रहेका तमु समुदायसंग सहकार्यमा काम गर्न इच्छुक रहेको बताएका कार्यक्रममा सहभागी पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले बताए ।

सहभागिहरुले जन्मदर्ता, नागरिकता बनाउँदा भएको रेकर्ड र उल्लेखित मिति र अन्य प्रक्रियामा समेत नेपाल आउजाउ गर्दा, परिवार वा आफन्त आउँदा, सन्ततीलाई नेपाली नागरिकता बनाउँदा झन्झट ब्यहोर्नु परेको गुनासो गरेका थिए । तमु समाज युकेका अध्यक्ष खड्कजित गुरुङ, गोर्खाली समाज युकेको उपाध्यक्ष हरिभक्त न्यौपाने लगायत गोर्खाली तमुहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सिरानचोक गाउँपालिका उपप्रमुख रिता देवकोटा पनि सहभगी थिईन । आईतवार नै एक कार्यक्रमका बिच गोर्खाली समाज युकेले नगरप्रमुख पन्त सहितको टोलीलाई सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्