| शुक्रबार, चैत्र १६, २०८०

भूकम्प पीडितको पैसाले कर्मचारीलाई घर

अनुदान लिएर घर नबनाउने भूकम्पपीडित कालोसूचीमा,

सरकारले दिने अनुदान रकमको पहिलो किस्ता स्वरुप ५० हजार लिएर पनि घर नबनाउने भूकम्पपीडितलाई सरकारले कालो सूचीमा राख्ने भएको छ । सरकारले निजी आवास बनाउन दिएको रकमले पीडितहरुले निजी आवास नबनाई अनावश्यक खर्च गरेको पाइएपछि आगामी दिनमा त्यस्ता ब्यक्तिहरुलाई कालोसूचीमा राख्ने तयारी गरेको हो । प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालका अनुसार घर निर्माण नगर्ने केहीले लगेको ५० हजार रुपैयाँ फिर्ता गरेको र प्राधिकरणलाई रकम फिर्ताको भौचर समेत प्राप्त गरेका छन् ।

‘अहिले खासै ठूलो संख्याले फिर्ता नगरे पनि भविष्यमा यो जमात बढने देखिन्छ,’ उनले भने, ‘केहीले अलमल गरेका छन् शायद कहाँ लगेर फिर्ता गर्ने भन्ने जानकारी नभएर हुन सक्छ ।’उनका अनुसार प्राधिकरणले घर नबनाउने भूकम्पपीडितहरुसँग सरकारले सो रकम फिर्ता लिनेदेखि कालोसूचीमा राख्ने तथा भविष्यमा पाउने अन्य सुविधाबाट समेत वञ्चित गराउने भएको छ ।

सरकारले गाउँपालिकाबाट पाउने सेवा सुविधा, नागरिकता तथा राहदानी नदिने तथा बैंकमा पनि कालोसूचीमा राख्नलगायतका कार्वाहीको तयारी गरिएको भुसालले जानकारी दिएका छन् । ५० हजार रुपैयाँ लिएर घर बनाउन आनाकानी गरिरहेका तथा नबनाउने नियतले बसेका व्यक्तिहरुले सम्बन्धित जिल्ला समन्वय समितिमा गएर बुझन र समितिले दिएको खाता नम्बरमा पैसा फिर्ता गर्न सकिने भुसालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्