| शुक्रबार, बैशाख ७, २०८१

मानव सेवा आश्रमलाई गुड नेभर्सको सहयोग

गोरखा ः मानव सेवा आश्रम गोरखालाई गुड नेभर्स इन्टरनेशलले सहयोग गरेको छ । संस्थाले आफ्नो स्थापनाको २७ औँ दिवशको अबसरमा आश्रममा रहेका वालवालिकाहरुलाई सहयोग प्रदान गरेको हो ।
‘यहाँका वालवालिकालाई सहयोग गरी स्थापना दिवश मनाऔँ भन्ने निर्णय गरेर सहयोग ग¥यौँ’ गुड नेभर्सका द्रोर्ण जीसीले भने ‘मार्च २८ मा १९९१ मा दक्षिण कोरियामा स्थापना भएर अहिले विभिन्न देशमा सेवा गरिरहेको यो संस्थाले गोरखामा पनि स्थापना दिवश मनाएको हो । हामीले आश्रमका साना बाबुनानीहरुलाई स्टेशनरी सामाग्रीहरु, खाद्यन्न सामाग्रीहरु तेल तथा दाल सहयोग ग¥यौँ । आश्रममा रहेका साना वालवालिकाहरुका लागि ल्याक्टोजिन लगायत अन्य सामाग्री पनि प्रदान ग¥यौँ ।’

संस्थाको सानो सहयोगले आश्रमका वालवालिकाहरुको भविष्य उज्यालो बनाउन टेवा पुग्ने विश्वास रहेको जीसीको भनाई छ । संस्थाले जिल्ला समन्वय समितिका सभापति अशोक कुमार गुरुङको हातबाट वालवालिकालाई सामाग्री हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा आश्रमका सल्लाहकार धिरजबहादुर मास्के, गुड नेभर्स इन्टरनेशनलका कर्मचारीहरु तथा उक्त संस्थाको साझेदार संस्था पद्धति विकास सेवा केन्द्रकी कार्यकारी निर्देशक कमला लामिछाने लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्