| शनिबार, बैशाख ८, २०८१

रुकुम हत्याकाण्डको विरोध गर्दै प्रशासन कार्यालयअघि धर्ना

रुकुम हत्याकाण्डको विरोध गर्दै संयुक्त दलित संघर्ष समिति गोरखाले बुधबार जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना कार्यक्रम सम्पन्न गरेका छन् ।

दलित संघ संगठनसंग आवद्ध तथा स्वतन्त्र रुपमा आएका समूहले एकघण्टासम्म जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारा धर्ना दिएका हुन् ।

प्लेकार्ड तथा व्यानरसहित आएका उनीहरुले धर्नापछि कोणसभा पनि गरेका थिए । सभामा संयुक्त दलित संघर्ष समिति गोरखाका संयोजक दिलबहादुर सेञ्चुरी र दलित संघका केन्द्रीय सदस्य हरि गान्धारीले मन्तव्य ब्यक्त गरेका थिए ।

छुवाछुत उन्मुलन दिवसको अवसर समेत पारेर आयोजित सो कार्यक्रममा बोल्दै बक्ताहरुले जातीय भेदभाव तथा छुवाछुत दसकौंअघि अन्त्यको घोषणा गरेपनि गाउँबस्तीमा व्यवहार अन्त्य नभएको उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्