| बिहिबार, बैशाख ६, २०८१

कोरोना जोखिम नियन्त्रणका लागि आईपास नेपालको स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोनाको सम्भावित संक्रमण जोखिम नियन्त्रण गर्न भन्दै आईपास नेपालले गोरखाका सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्ने १५ वटा स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

प्रत्येक स्वास्थ्य संस्थालाई रु २० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

आईपास नेपालले व्यवस्था गरेको सो परिमाणको स्वास्थ्य सामग्री जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक कार्यक्रममा सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको हो । जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख जानुका अधिकारी र प्रवक्ता मानप्रसाद धिताल मार्फत स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरिएको कार्यक्रममा सहभागी भएका नेपाल आवास पुनर्निर्माण परियोजनाका जिल्ला संयोजक राम सापकोटाले जानकारी दिए ।

गोरखा अस्पताल, पालुङटार नगरपालिका अन्र्तगत रहेका तीन वटा स्वास्थ्य संस्था केन्द्र, गण्डकी गाँउपालिका अन्र्तगतका तीन वटा स्वास्थ्य केन्द्र, चुमनुब्री गाँउपालिका अन्र्तगतका एक स्वास्थ्य केन्द्र, धार्चे गाँउपालिका अन्र्तगत दुई आरुघाट गाँउपालिका अन्र्तगत एक, बारपाक सुलिकोट गाँउपालिकाअन्र्तगत एक, भिमसेनथापा गाँउपालिका अन्र्तगत एक स्वास्थ्य केन्द्र, अजिरकोट गाँउपालिका एक स्वास्थ्य केन्द्र, शहिदलखन गाँउपालिका अन्र्तगत एक स्वास्थ्य केन्द्र सहित १५ वटा स्वास्थ्य संस्थालाई ती सामग्री हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पताल गोरखालाई पीपीई, वाटर र एयर प्रुफ एप्रोन, आई गगल्स सर्जिकल के एन ९५ मास्क लगायत कोरोना संक्रमणको जोखिमबाट बच्ने स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तै, पालिकामा रहेका स्वास्थ्य कार्यालयलाई सर्जिकल के एन ८५ मास्क, स्यानीटाइजर, पञ्जा लगायत अन्य कोभिड १९ संक्रमणको जोखिमबाट बच्ने स्वास्थ्य सम्बन्धी एवम् प्रजनन स्वास्थ्य सम्बन्धी औषधीजन्य सामग्री समेत हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्