| शुक्रबार, जेष्ठ २३, २०७७

मैना एशोसिएशनद्वारा गोरखाको दुर्गम लप्सीबोट, यमगाउँ, खानीबेशी, खानीगाउँ र माछाखोलामा खाद्य सामग्री वितरण

फ्रान्समा दर्ता भई गोरखाको धार्चे गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको मैना एशोसिएशनले धार्चे गाउँपालिकाको वडा नं. ५ र ७ का बिभिन्न गाउँमा खाद्यान्न सामग्री वितरण गरेको छ ।

वडा नं. ५ को यमगाउँ, लप्सीबोट, माछाखोला र वडा नं. ७ को खानीबेशी, खानीगाउँमा प्रति परिबार एक बोरा चामल, एक केजी नून, आधा लिटर तेल, दुईवटा साबुनका दरले वितरण गरिएको एशोसिएशनका जीवन गुरुङले जानकारी दिए । हालसम्म तीनसय भन्दा धेरै घरधुरीलाई राहत सामग्री वितरण गरेको स्थानीय गुरुङले जानकारी दिए ।

लकडाउनका कारण खाद्यान्न अभाव नहोस् भन्ने उद्देश्यले हाल फ्रान्समा रहेका धार्चे गाउँपालिका ५ लप्सीबोटका जीवन गुरुङको समन्वयमा सो राहत वितरण गरिएको उनले बताए । मागको आधारमा गुम्दा गाउँमा पनि खाद्य सामग्री वितरण गर्ने बारे छलफल भएको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्