| शनिबार, बैशाख ८, २०८१

बालिकालाई यौन दुव्र्यबहार गर्ने एक युवा पक्राउ

बाल यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले गोरखाका एक युवकलाई पक्राउ गरेको छ ।

स्थानीय सातबर्षकी एक बालिकालाई यौनजन्य अस्वभाविक व्यवहार गरेको आरोपमा आरुघाट गाउँपालिका ८ रानीस्वाँरा निबासी २० बर्षका विकास गुरुङलाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकाको आफन्तको किटानी जाहेरीका आधारमा गुरुङविरुद्ध बालयौन दुरुपयोग शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । उनले गत फागुन २७ गते बालिकामाथि यौन दुव्र्यबहार गरेको प्रारम्भिक बयानमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्