| शुक्रबार, चैत्र २८, २०७६

क्षेवा एकता समाजको अध्यक्षमा लामिछाने

दरौँदी :  क्षेत्री र बाहुनको समाजको नामले परिचित क्षेवा एकता समाज गोरखाको नयाँ कार्यसमितिको नेतृत्व इश्वरीप्रसाद लामिछाने गर्ने भएका छन् ।

शनिबार सम्पन्न समाजको १७ औं अधिवेशनले लामिछानेलाई निर्बिरोध चयन गरेको हो । आठ सदस्यीय नयाँ कार्यसमितिको नयाँ कार्यसमितिको उपाध्यक्षमा रामशरण आचार्य, सचिवमा गोबिन्द खनाल, सहसचिवमा अंगदबाबु खड्का र कोषाध्यक्षमा सतिाराम पोखरेल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा इन्दिरा खड्का, सरला आचार्य चयन भएका छन् । सल्लाकार समितिमा ऋषिराम लामिछाने चुनिएका छन् भने ऋण समितीको संयोजनमा तिलक रेग्मी चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्